Skip to content

डिकबहादुर खत्रीको नेतृत्वमा वैरो संघमा नयाँ कार्य समिति चयन: व्यवसायीक एकता, कामदारको हितमा काम गर्ने

nabil bank

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ कार्यसमिति चयन भएको छ ।

आइतबार सम्पन्न निर्वाचन परिणाम अनुसार संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ निर्वाचित भएका छन् ।

अन्तिम मत परिणामअनुसार अध्यक्ष खत्रीले ३४७ मत प्राप्त गर्दै विजयी भएका छन् । यस्तै उनका निकतम प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत पाएका छन् भने अर्का प्रतिस्पर्धी हरी बहादुर पाण्डेले १७० मत प्राप्त गरेका छन् ।
निर्वचनमा विजयी भएका अध्यक्ष खत्री एमाले समर्थित हुने भने भुर्तेल काँग्रेस र पाण्डे रास्वपा समर्थीत हुन् । उनी पहिला एमाले नै थिए । यो निर्वाचनमा एमालेले रास्वपाको पत्तासाफ बनाएको छ ।

यस्तै संघको प्रथम उपाध्यक्षमा महेश कुमार बस्नेत विजयी भएका छन् । उनले २४१ मत पाएका छन् । यस्तै संजु गुरुङले २२८ र कर्णराज कटुवाल २३१ मत प्राप्त गरे । यस्तै द्वितीय उपाध्यक्ष पदमा अनिल बोगटीले ३१५ मत पाएर विजयी भएका छन् । यस्तै बालकृष्ण श्रेष्ठ १६८ मत, रविन मेघाले मगरले २०५ मत प्राप्त गरे ।

यस्तै महासचिवमा हिरा बहादुर डाँगी (हरि) २७३ मत पाएर विजयी भएका छन् । सचिवमा केदारनाथ अधिकारीले २९४ मत प्राप्त गर्दै विजयी भएका छन् भने कोषाध्यक्षमा धनमाया सिन्जालीले ३२३ मत पाएर निर्वाचित भएकी छिन् ।

यस्तै सदस्यहरुमा रमा खड्का, विवश ढुंगाना, ध्रुव जीसी, तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गजुरेल, गीता राउत र दीक्षा दाहाल निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष खत्रीले आफ्नो कार्यकालमा व्यवसायी, कामदारको हितमा काम गर्ने बताए । उनले अहिलेको समयमा व्यवसायीहरूको विश्वासलाई कमजोर हुन नदिने गरी काम गर्ने बताए । विद्यमान ऐनमा भएका समस्या समाधान गरेको खण्डमा यो क्षेत्रलाई मर्यादित, व्यवसायीक बनाउन सक्ने र त्यसमा दत्तचित्त भएर काम गर्ने उनको भनाइ छ ।

उनले वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित, व्यवसायी र सुुरक्षित बनाउने गरी काम गर्ने बताए । यो क्षेत्रमा हुने नीतिगत सुधारका लागि सरकार समक्ष पहल कदमी लिने उनको भनाइ छ । उनले आफ्नो कार्यकालमा सरकारसँग मिलेर काम गर्ने उनले बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi