Skip to content

पुँजीगत खर्च निराशाजनक: ११ महिनामा ३२.५३ प्रतिशत मात्रै, १ महिनामा ७६.४७ प्रतिशत खर्च गर्नुपर्ने

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार चालु आवको ११ महिनामा कूल लक्ष्यको ३२.५३ प्रतिशत पुँजीगत खर्च भएको हो ।

सरकारले शत प्रतिशत पुँजीगत खर्च गर्नका लागि १ महिनामा ७६.४७ प्रतिशत गर्नुपर्ने बाध्यता सरकारलाई रहेको छ ।

सरकारले चालु आवमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रकम पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । चालु आव सकिन एक महिना मात्रै बाँकी रहेको अवस्थामा पुँजीगत खर्च भने पर्याप्त हुन सकिरहेको छैन ।

चालु आवमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड खर्च गर्ने लक्ष्य राखेकामा ११ महिनामा ७६.९१ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ वर्षभरिमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म तीन खर्ब पाँच अर्ब ७१ करोड ८१ लाख खर्च भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi