काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज प्रदेश सभामा उक्त रकमको बजेट पेश गरेका छन् । उक्त बजेटमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ अर्थात कुल विनियोजनको ३८.५६ प्रतिशत छ ।
यस्तै पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात कुल विनियोजनको ६०.६८ प्रतिशत हो । यस्तै वित्तीय व्यवस्थापनका लागि २५ करोड अर्थात कुल विनियोजनको ०.७६ प्रतिशत हो ।
सरकारले आगामी आवमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ र रोयल्टी बाँडफाँट मार्फत ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुनेछ ।
यस्तै शसर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख र विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ ।
सरकारले आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ र चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपछि २ अर्ब रुपैयाँ नगद मौज्दात रहने उल्ल्ेख छ । न्यून हुने १ अर्ब ७५ करोड रुपैयाँ पूर्ति गर्न आन्तरिक ऋण परिचालन गरिने उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्