Skip to content

मार्जिन कारोबार गर्न ३१ ब्रोकरलाई अनुमति, थप दुई दर्जन कम्पनीलाई आशयपत्र

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सञ्चालनका लागि हालसम्म ३१ वटा धितोपत्र दलाल कम्पनी (स्टक ब्रोकर)लाई अनुमति प्रदान गरेको छ। अनुमति प्राप्तमध्ये केही ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा सुरु गरिसकेका छन् ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अनुमति प्राप्त ३१ ब्रोकर कम्पनीबाहेक थप दुई दर्जनभन्दा बढी ब्रोकर कम्पनी मार्जिन कारोबार सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा छन्। २४ ब्रोकर कम्पनीहरूले नेप्सेबाट आशयपत्र प्राप्त गरिसकेका छन् । अब यी कम्पनीले नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति लिने प्रक्रियामा बाँकी रहेको पराजुलीले बताए ।
मार्जिन कारोबार सञ्चालन गर्न इच्छुक ब्रोकर कम्पनीहरूले निश्चित वित्तीय, प्राविधिक तथा जोखिम व्यवस्थापनसम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ। ती मापदण्ड पूरा गरेपछि मात्रै नेप्सेले अनुमति प्रदान गर्ने गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima