काठमाडौं । पठाओ नेपालले आफ्नो मोबाइल एपमा रहेको पठाओ बजार सेवामार्फत सौन्दर्य, कस्मेटिक्स तथा व्यक्तिगत हेरचाह सामग्रीमा आकर्षक छुटसहित ‘ब्युटी मेला’ सुरु गरेको छ ।
कम्पनीका अनुसार जुन १६ देखि २१ दिनसम्म सञ्चालन हुने मेला अवधिभर ग्राहकले पठाओ बजारमार्फत सौन्दर्य सामग्री, स्किनकेयर, मेकअप तथा व्यक्तिगत हेरचाहसम्बन्धी विभिन्न उत्पादनमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । पठाओ बजारमा उपलब्ध विभिन्न ब्रान्डका उत्पादनमा फरक–फरक छुट तथा विशेष अफर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
‘ब्युटी मेला’ अभियानमार्फत ग्राहकले दैनिक प्रयोगमा आउने व्यक्तिगत हेरचाहका सामग्रीदेखि सौन्दर्य प्रसाधनका अत्यावश्यक उत्पादन सहज रूपमा अर्डर गर्न सक्नेछन् । कम्पनीका अनुसार ‘ब्युटी मेला’ले ग्राहकलाई सुविधाजनक किनमेलको अनुभव प्रदान गर्नुका साथै विभिन्न ब्रान्डका उत्पादनमा आकर्षक छुट अवसर उपलब्ध गराउनेछ ।





प्रतिक्रिया दिनुहोस्