Skip to content

महानगरको आफ्नै अस्पताल, टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन

पोषण भत्ता कार्यक्रमका लागि १६ करोड, ज्येष्ठ नागरिक निमोनिया खोपका लागि १ करोड विनियोजन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरको छ ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८४/०८५ को बजेट सार्वजनिक गर्दै कार्यबाहक मेयर डंगोलले यो उल्लेख गरिन् । ‘बहालमा लिए दिएको घरजग्गाको विवरण दर्ता प्रक्रियालाई सरल र सहज बनाउने कार्यक्रम, एकीकृत करदाता परिचय पत्र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ,’ डंगालले भनिन्, ‘करदातालाई शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । महानगरवासीहरुले मालपोत तथा नापी कार्यालयबाट प्राप्त गरी आएका भूमी व्यवस्थापन सेवा स्थानीयस्तरबाटै उपलव्ध गराउने प्रबन्ध मिलाइएको छ ।’

त्यसैगरी बजेटमा सामुहिक आवास निर्माणको लागि बहुवर्षिय योजना अन्तर्गत निर्माणको पहिलो वर्षको लागि ५ करोड विनियोजन गरिएको छ । स्ववासी समस्या समाधान गर्न विशेष कार्यक्रम सञ्चालनका लागि वित्तीय प्रबन्ध गरिएको बजेटमा उल्लेख छ ।

‘महानगर अस्पताल निर्माणको बहुवर्षिय योजना अन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ डंगोलले प्रस्तुत गरेको बजेटमा भनिएको छ, ‘ज्येष्ठ नागरिक निमोनिया खोपको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । क्यान्सर जस्ता असाध्य रोगहरुको निदानको लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ । एकिकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनार्थ २ करोड रकम विनियोजन गरिएको छ ।’

निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको, स्वनिगः विश्वविद्यालय स्थापनाको लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्य प्रारम्भ गर्न ५० लाख रुपैयाँ छुट्याइएको पनि बजेटमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi