Skip to content

धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा भट्टलाई नियुक्त गरेको हो ।

बोर्डका निवर्तमान अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४ गते राजनीनामा दिएपछी बोर्ड नेतृत्व बिहीन छ । २०८१ म‌ंसिर १० गते बोर्डमा नियुक्त भएका श्रेष्ठले रास्वपाको सरकार बनेपछी राजीनामा दिएका हुन् ।

बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका थिए । अध्यक्ष छनोट समितिले ४७ मध्येबाट ४ जनाको नाम छोटो सूचीमा राखेको थियो । त्यसमध्येबाट भट्टलाई सरकारले बोर्डको अध्यक्ष बनाएको छ ।
उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनलाई बढी आध्यात्मिक व्यक्तिको रुपमा चिनिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi