Skip to content

रवि लामिछाने विरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।

जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशी को इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको कसुर हटाउन आदेश दिएको हो। अदालतले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् राख्न निर्देशन दिएको छ।

सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोगपत्र संशोधनका लागि निवेदन दायर गरेको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T