Skip to content

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत, प्रतिव्यक्ति आय २ हजार ६४४ डलर रहने प्रक्षेपण

बागमती । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो ।

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।

आव २०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब नौ करोडमध्ये बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत (अर्थात् २४ खर्ब २३ अर्ब) पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै मुलुकको प्रतिव्यक्ति आय एक हजार ५३५ अमेरिकी डलर रहँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशभन्दा बढी दुई हजार ६४४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ । मुलुकको निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत हुँदा बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७.० प्रतिशत मात्र रहेको सरकारको आव २०८३/०८४ को बजेटमा उल्लेख गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi