Skip to content

महासंघले गर्याे विभिन्न समितिमा सभापति र सल्लाहकारहरूको मनोनयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले विभिन्न परिषद्, समिति तथा केन्द्रका सभापति र सल्लाहकारहरूको मनोनयन गरेको छ। सोमबार बसेको महासंघको दोस्रो कार्यकारिणी समितिको बैठकपछि अध्यक्ष अन्जन श्रेष्ठले विधानअनुसार विभिन्न पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूलाई जिम्मेवारी प्रदान गरेका हुन्।

महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापति तथा अर्का पूर्वअध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनयन गरिएको छ।

त्यसैगरी उद्योग वाणिज्य परिषद्को सभापतिमा कृष्णप्रसाद शर्मा र सहसभापतिमा दिलसुन्दर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। वस्तुगत परिषद्को सभापतिमा नरेशलाल श्रेष्ठ तथा रोजगारदाता परिषद्को सभापतिमा प्रबलजंग पाण्डे मनोनित भएका छन्।

महासंघले कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरे, कर तथा राजस्व समिति सभापतिमा अरनिको राजभण्डारी, उद्योग समिति सभापतिमा उज्ज्वल श्रेष्ठ, व्यापार समिति सभापतिमा नवीन रिजाल तथा महिला उद्यमी विकास समिति सभापतिमा सुनिता नेमाफुकीलाई जिम्मेवारी दिएको छ।

यस्तै सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा सुनैना घिमिरे, स्थल यातायात तथा पारवहन समिति सभापतिमा लिलेन्द्र प्रसाद प्रधान, पर्यटन तथा हवाई यातायात समिति सभापतिमा संघर्ष बिष्ट, बैंक, वित्तीय तथा बीमा समिति सभापतिमा हेमन्त गोल्छा, निर्यात समिति सभापतिमा होमप्रसाद घिमिरे तथा व्यापार मेला समिति सभापतिमा सविन श्रेष्ठ मनोनित भएका छन्।

यसैगरी सहरी विकास समितिको सभापतिमा बिदुर धमला, स्वास्थ्य विज्ञान समिति सभापतिमा विप्लव अधिकारी, सीप विकास तथा रोजगार समितिको सभापतिमा नानीराज घिमिरे, स्टार्टअप एन्ड इनोभेशन समिति सभापतिमा सहारा जोशी, पूँजी बजार समिति सभापतिमा प्रियराज रेग्मी, सामाजिक सेवा समिति सभापतिमा राजकुमार कार्की तथा उत्पादकत्व एवं गुणस्तर समिति सभापतिमा रविन पुरीलाई जिम्मेवारी प्रदान गरिएको छ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघको विधानको दफा ३७ बमोजिम उक्त मनोनयन गरिएको जानकारी दिँदै नवमनोनित सभापतिहरूले महासंघको छवि, प्रतिष्ठा र निजी क्षेत्रको हित प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi