Skip to content

राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक निर्माणको जिम्मेवारी राष्ट्रिय तथ्यांक कार्यालयलाई दियो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) लगायतका मूल्यसम्बन्धी तथ्यांकीय कार्यहरू राष्ट्रिय तथ्यांक कार्यालयमा हस्तान्तरण गरेको छ।
राष्ट्रिय तथ्यांक परिषद्को पाँचौँ बैठकको निर्णयअनुसार गठित संयुक्त कार्यदलले तयार पारेको मूल्यसम्बन्धी तथ्यांकीय कार्य हस्तान्तरण सम्बन्धी अध्ययन प्रतिवेदन परिषद्को असार ८ गते बसेको बैठकबाट स्वीकृत भएपछि हस्तान्तरण प्रक्रिया कार्यान्वयन चरणमा प्रवेश गरेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी कमल प्रसाद पोखरेलले बताए ।
कार्यालयका अनुसार मूल्य सूचकांक निर्माणमा देखिएको कार्य दोहोरोपनाको अन्त्य गर्दै एकीकृत तथा एकद्वार तथ्यांक प्रणाली स्थापना गर्ने उद्देश्यले हस्तान्तरण प्रक्रिया तत्काल अघि बढाइने छ ।
तथ्यांक ऐन, २०७९ ले राष्ट्रिय तथ्यांक कार्यालयलाई मुलुकको तथ्यांकीय प्रणालीको केन्द्रीय निकायका रूपमा स्थापित गरेअनुसार यो कदम चालिएको जनाइएको छ। यसअन्तर्गत हाल नेपाल राष्ट्र बैंकले प्रकाशन गर्दै आएको मासिक उपभोक्ता मूल्य सूचकांक (सीपीआई), थोक मूल्य सूचकांक (डब्लूआई) तथा तलब तथा ज्याला सूचकांक (एसडब्लूआई) निर्माणको सम्पूर्ण जिम्मेवारी चरणबद्ध रूपमा राष्ट्रिय तथ्यांक कार्यालयमा हस्तान्तरण हुने पोखरेलले बताए ।
हस्तान्तरण प्रक्रियालाई व्यवस्थित बनाउन राष्ट्रिय तथ्यांक कार्यालयअन्तर्गत छुट्टै ‘मूल्य तथ्यांक महाशाखा’ स्थापना गर्ने तयारी भएकाे पाेखरेलले बताए। यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य जारी रहेको र आवश्यक प्राविधिक जनशक्ति तथा दरबन्दी व्यवस्थापन गरिने उनले बताए ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३–८४ लाई संक्रमणकालीन अवधि निर्धारण गरिएको छ। यस अवधिमा नेपाल राष्ट्र बैंक र राष्ट्रिय तथ्यांक कार्यालयका कर्मचारी तथा प्राविधिकहरूको संयुक्त टोलीले तथ्यांक संकलन, प्रशोधन तथा सूचकांक प्रकाशनको काम गर्नेछ।
आर्थिक वर्ष २०८४–८५ देखि भने राष्ट्रिय तथ्यांक कार्यालयले एकल रूपमा उपभोक्ता मूल्य सूचकांकसहित सम्पूर्ण मूल्य सूचकांकहरूको तयारी, व्यवस्थापन र नियमित प्रकाशनको जिम्मेवारी सम्हाल्नेछ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi