Skip to content

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोड ८७ लाखको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ। कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा भत्ता तथा अन्य प्रशासनिक दायित्वका कारण चालु खर्चमा वृद्धि गरिएको महानगरले जनाएको छ।

यस्तै, पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ। सङ्घीय तथा प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा प्राप्त हुने बजेटमा कमी आएपछि गत वर्षको तुलनामा पुँजीगत खर्च करिब २७ करोड रुपैयाँले घटाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima