काठमाडौं । सेयर कारोबारका लागि यो साताको अन्तिम कारोबार दिन बजारमा सामान्य गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक २ अंकले घटेर परिसूचक २६४९.५१ बिन्दु कायम भएको छ । ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार ५५२ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा ८५ कम्पनीको मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ । कारोबारमा होटल, जलविद्युत, निर्जीबन बीमा र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
कारोबारमा स्नो रिभर्स, टक्सार पिखुवाखोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारातत्मक सर्किट तहमा बढेको छ ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई डिबेन्चर २०८६/०८७, ग्लोबल आइएमई ऋणपत्र २०८४/०८५ र नेपा बैंकको ऋणपत्र अग्रस्थानमा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्