काठमाडौ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्ट अर्थ मन्त्रालयमा तथा गोपनीयताको शपथ लिएर पद बहालिका लागि सेबोन पुगेका छन् ।
बोर्डको अध्यक्षका लागि आवेदन दिएका ४७ जनालाई पछि पर्दै उनी नेतृत्वमा पुगेका हुन् । बोर्डमा पुगेका उनले पण्डित राखेर पुजाअर्चनासहित पद बहाली गरेका छन् ।
उनले बोर्डमा पुगेर पण्डित मार्फत धुप, दीप, नैवेद्यसहित पुजाअर्चना गरेका छन् ।
उनले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफ्नो ज्ञान, अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ ।











प्रतिक्रिया दिनुहोस्