Skip to content

प्रधानमन्त्री बालेनले जुत्ता उत्पादक संघसंग आज छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई तथा प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ।

बैठकमा स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, बजार व्यवस्थापन, उद्योगलाई आत्मनिर्भर बनाउने उपाय, उत्पादन तथा बजारीकरणका चुनौती, साथै यस क्षेत्रसँग सम्बन्धित नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको जनाइएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima