काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को लागि नयाँ तलबमान स्वीकृत गरेको छ ।
चालु आवका लागि सरकारले कर्मचारीको तलब बढाएको छ । सोही अनुसार मन्त्रिपरिषद बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार नयाँ तलबमानमा मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम हुनेछ । यस्तै नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक तथा नेपाल सरकारका मुख्य सचिवहरूले महिनामा ८४ हजार ५ सय ७६ रुपैयाँ, राजपत्रांकित विशिष्ट श्रेणीको ७९ हजार २९०, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)का लागि ६६ हजार ५३९ तोकेको छ । त्यसैगरी राजपत्राङ्कित प्रथमको लागि ६२ हजार ४६६ तोकिएको छ । त्यस्तैगरी राजपत्राङ्कित द्वितीयको रु ५३ हजार ६११, राजपत्राङ्कित तृतीयको ४८ हजार ५८ तलबमान तोकिएको छ ।
नयाँ तलबमान अनुसार कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन् । यस्तै श्रेणीविहीन कर्मचारीहरू (हल्कारा, हुलाकी, कार्यालय सहयोगी) ले २७ हजार १ सय ७२ रुपैयाँ र ग्रेड थपपछि तलब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ ।
यस्तै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको हकमा माध्यमिक तह (प्रथम श्रेणी) को तलब ७४ हजार ९ सय ५८ रुपैयाँ पुगेको छ । प्राथमिक तहका शिक्षकहरूको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी राजपत्र अनङ्कित प्रथम अतिरिक्त मान पेन्सनको लागि ४१ हजार ५१७, राजपत्र अनङ्कित प्रथम ३८ हजार २०३, राजपत्र अनङ्कित द्वितीय अतिरिक्त मान पेन्सन ३७ हजार ४०७, राजपत्र अनङ्कित द्वितीय ३६ हजार १९२, राजपत्र अनङ्कित तृतीयको लागि ३० हजार ३७३ र राजपत्र अनङ्कित चतुर्थको लागि २८ हजार ६९० तोकिएको छ ।
तलब वृद्धिसँगै अवकाशप्राप्त कर्मचारीहरूले १० प्रतिशतले पेन्सन पाउनेछन् ।





प्रतिक्रिया दिनुहोस्