Skip to content

कुमारी क्यापिटलका ३ म्युचुअल फण्डले गरे लाभांश घोषणा, कुनको कति?

काठमाडौं । कुमारी क्यापिटलले आफ्नो व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा गरेको ३ म्युचुअल फण्डका लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ।

क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले र कुमारी सबल योजनाका इकाईधनीहरुलाई २.९० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनार्थ यी योजनाहरुले भदौ ४ गते बिहीबार एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima