Skip to content

पत्रकार किशोर श्रेष्ठको रिहा गर्न माग गर्दै सञ्चारकर्मी लालटिन बोकेर प्रदर्शनमा (तस्विरहरु)

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल सञ्चारकर्मीहरु लालटिन बोकेर प्रदर्शनीमा उत्रिएका छन् ।

आज सञ्चारकर्मीहरुले काठमाडौं प्रहरी परिसर अगाडि लालटिन बोकेर, कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । प्रदर्शनीका क्रममा प्रहरी सञ्चारकर्मीबीच धकेलाधकेल भएको थियो ।

शान्तिपूर्ण धर्नामा बसिरहेका प्रहरीले रोकेपछि धकेलाधकेल भएको हो ।

सञ्चारकर्मीहरुले पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर, ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव, प्रेस स्वतन्त्रता पुनर्बहाली गर जस्ता नारा लगाएका थिए ।

प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको छ । श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T