Skip to content

रिलायबल समृद्धि योजनाले गर्यो ८.४२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले आफ्नो व्यवस्थापनमा सञ्चालित रिलायबल समृद्धि योजनाका इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

क्यापिटलले आफ्ना योजनाका इकाईधनीहरुलाई ८.४२१०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । साउन २८ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले भदौ १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima