काठमाडौं । शिवम् सिमेन्ट कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
यो अवधिमा कम्पनीले ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १.७२ प्रतिशतले कम हो ।
अघिल्लो सोही अवधिमा ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको उत्पादन बिक्री गरेर हुने आम्दानी १०.८७ प्रतिशत घटेसँगै त्यसको असर नाफामा परेको छ ।
उत्पादन बिक्री गरेर हुने आम्दानी १०.८७ प्रतिशतले घटेर ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको खुल नाफा ७.८४ प्रतिशत घटेर १ अर्ब ५९ करोड ७५ लाख ११ हजार रहेको छ । यस्तै कम्पनीको वित्तीय खर्च १९.४४ प्रतिशत बढेर १ करोड ९ लाख ६० हजार रुपैयाँ रहेछ ।
५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९६ करोड रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा रहेको छ ।





प्रतिक्रिया दिनुहोस्