काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ । यो अवधिकमा बैंकको नाफामा निकै उछाल आएको छ ।
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म बैंकको नाफा १०४१.१६ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा १२ करोड ९७ लाख ६० हजार रुपैयाँ रहेको थियो।
यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ७५ करोड ६० लाखबाट घटेर २ अर्ब ८९ करोड ६४ लाख रहेको छ।
यो अवधिकमा बैंकको खुद ब्याज आम्दानी १५.७४ प्रतिशतले घटेर ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ११.०३ प्रतिशतले घटेर ११ अर्ब १६ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा २३.६० प्रतिशतले घटेर २ अर्ब ६२ करोड ६० लाख रहेको छ ।
गत आको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवको सोही अवधिमा ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ ऋणात्मक थियो ।
बैंकको प्रतिसेयर आम्दानी ६.५६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ७.९७ प्रतिशत रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख रुपैयाँ रहेको छ ।
३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब २७ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।





प्रतिक्रिया दिनुहोस्