Skip to content

अमेरिका–इरान तनाव र जेनजी आन्दोलनको असरः ५ होटल तथा पर्यटन कम्पनी घाटामा, दुईको नाफा बढ्यो

काठमाडौं । होटल तथा पर्यटन समूहमा सूचीकृत ८ कम्पनीले गत आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार दुई कम्पनीको नाफामा सुधार आएको छ भने एक कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । बाँकी पाँच कम्पनी भने घाटामा रहेका छन् ।

पर्यटन तथा आतिथ्य व्यवसायमा पछिल्लो समय देखिएका राजनीतिक अस्थिरता, आन्दोलन, अन्तर्राष्ट्रिय घटनाक्रम तथा पर्यटक आगमनमा आएको उतारचढावले कम्पनीहरूको वित्तीय अवस्थामा प्रत्यक्ष प्रभाव पारेको कारण यस क्षेत्रको कम्पनी नोक्आनीमा गएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको चुनौत्तिहरुमध्ये अमेरिका–इरानबीचको तनाव र नेपालमा भएको जेनजी आन्दोलन मुख्य कारण रहेको छ । कम्पनीहरूले सार्वजनिक गरेका विवरणमा पर्यटन व्यवसायको प्रमुख जोखिमका रूपमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा हुने अनिश्चितता, राजनीतिक प्रदर्शन तथा अस्थिरता, प्राकृतिक विपत्ति, विदेशी विनिमय दरमा हुने उतारचढाव, इन्धन तथा ऊर्जा लागत वृद्धि र पर्यटकीय पूर्वाधारको कमीलाई उल्लेख गरेका छन् ।

बन्दीपुर केबलकार एण्ड टुरिजमले बन्दीपुरमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा हुने उतारचढावलाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ । समष्टिगत आर्थिक अवस्था, मौसमी प्रभाव तथा बाह्य घटनाक्रमका कारण पर्यटक आगमन प्रभावित हुन सक्ने भन्दै कम्पनीले सञ्चालन जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै सेवा गुणस्तर र स्रोतको अधिकतम उपयोगमा जोड दिएको छ । सोल्टी होटलले भने तत्काल कुनै आन्तरिक समस्या नरहेको जानकारी दिएको छ । यस होटलको नाफामा गत आर्थिक वर्षमा बढेको छ ।

यसैगरी, कालिन्चोक दर्शन कम्पनीको नाफा पनि गत आवको तुलनामा बढेको छ । यस कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७९ लाख ९४ हजार रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ५ करोड ७६ लाख नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा होटलको नाफा ४ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा चन्द्रागिरि हिल्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । अघिल्लो आर्थिक वर्षमा १८ करोड ७४ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको यस कम्पनीले गत आवमा ८ करोड २४ लाख ८९ हजार रुपैयाँमात्र नाफा कमाउन सफल भएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा १० करोड ५० लाख रुपैयाँ घटेको छ ।

यसैगरी, बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनी, सिटी होटल, ओरियन्टल होटल र तारागाउँ रिजेन्सी होटल नोक्सानीमा रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T