Skip to content

बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु तीन लाख ६० हजार आठ सय ३३ सहयोग गर्ने भएको छ ।

संसदीय दलका नेता कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक तथा दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिकबराबरको रकम सहयोग गर्ने बताए ।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोगको घोषणा गरिएको शाहले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T