Skip to content

रसुवा बाढीमा ७४७ पर्यटक बेपत्ता, २९९ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ७४७ जना पर्यटक सम्पर्कविहीन भएका छन् । पर्यटक प्रहरीका अनुसार सोमबार साँझ ६ः३० बजेसम्म ५८३ विदेशी र १६४ नेपाली पर्यटक बेपत्ता छन् ।
बेपत्ता विदेशीमध्ये भारतीय १८३, अमेरिकी ६४, मलेसियन ५५, युक्रेनी ५४ र अष्ट्रेलियन ३५ जना छन् । त्यस्तै क्यानडा, लाटविया, चीन, बेलायत र जर्मनीका नागरिक पनि सम्पर्कविहीन छन् ।
बाढीमा फसेका २९९ जना पर्यटकको भने सुरक्षाकर्मी तथा उद्धार टोलीले उद्धार गरेको छ । उद्धार गरिएकामध्ये २५१ पुरुष र ४८ महिला छन् । थप ५ जना पर्यटक सम्पर्कमा आएका छन् ।
बेपत्ता पर्यटकको खोजी तथा उद्धारका लागि पर्यटक प्रहरी, सुरक्षाकर्मी र विभिन्न ट्रेकिङ एजेन्सीबीच समन्वय गरी खोजी कार्य तीव्र पारिएको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T