काठमाडौं । नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२÷०८३ को असार मसान्तसम्म उठाउन बाँकी बक्यौता रु दुुई करोड ५१ लाख पुगेको छ ।
खानेपानी संस्थान धनगढीका प्रमुख रामचन्द्र लामिछानेले निजीबाट दुई करोड १६ लाख १० हजार नौ सय ४७ रुपैयाँ र सरकारीबाट ३५ लाख ४५ हजार नौ सय ५४ रुपैयाँ असुल गर्न बाँकी रहेको जानकारी दिए ।
संस्थानले धनगढी उपमहानगरपालिका वडा नं.१, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा दैनिक एक करोड ३० लाख लिटरपानी वितरण गर्ने गरेको छ । कूल ११ हजार तीन सय ३९ जना सेवाग्राहीले उक्त पानी उपभोग गर्ने गरेका छन् । संस्थानले खानेपानी उपभोग गरेबापत मासिक न्युनतम एक सय १० रुपैयाँ शुल्क असुल गर्दै आएको छ ।
त्यसैगरी, नेपाल खानेपानी संस्थान, धनगढीले गत आर्थिक वर्षमा विभिन्न राजस्व शीर्षकबाट जम्मा छ करोड ३२ लाख २८ हजार सात सय ३४ दशमलब ९१ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा रु पाँच करोड ७२ लाख ३८ हजार आठ सय ५७ दशमलव ३४ राजस्व सङ्कलन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १० दशमलव ४६ प्रतिशतले राजस्व वुद्धि भएको पाइन्छ ।






प्रतिक्रिया दिनुहोस्