काठमाडौं । रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीपछि नेपाल राष्ट्र बैकले सहज रुपमा सेवा दिन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरुलाई संस्थामा रहेको
हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणको आधारमा ग्राहक यकिन गरी सेवा दिन निर्देशन दिएको हो ।
अहिलेको विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक सहयोग सहजीकरण गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।







प्रतिक्रिया दिनुहोस्