Skip to content

भोटेकोशी बाढी: ४८ झोलुंगे पुलमा क्षति, २८ वटा नयाँ निर्माण गर्नुपर्ने, २ स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु- प्रधानमन्त्री शाह

कृष्णभीरमा मर्मत सम्पन्न गरि भदौ महिनाभित्रै सञ्चालनमा ल्याइने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीका कारण ४८ वटा झोलुंगे पुलमा क्षति पुगेको र २० वटा मर्मत गर्न मिल्ने तथा २८ वटा नयाँ निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताए ।

बैठकमा उनले गल्छी–वेत्रावती–रसुवागढी सडकको बिदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी खण्डको ४० किलोमिटर पूर्णरुपमा र १६ किलोमिटरमा आंशिक क्षति भएको जानकारी गराए । उनले पृथ्वी राजमार्गको कृष्णभीर, परेवाभीर लगायत क्षेत्रमा क्षति पुगेको बताए ।

पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे, गलौदी खण्डमा लेदो हटाई यातायात सञ्चालन भइसकेको उनको भनाइ छ ।

‘’प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुल बगेका छन् । तीमध्ये २ स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ। गल्छी–वेत्रावती सडकको गल्छी–देवीघाट खण्डमा लेदो हटाई बेलिब्रिज निर्माणको क्रममा छ। तादी देविघाटमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीमा पनि हामीसँग उपलब्ध बेलिब्रिज राख्न सम्भव देखिएकोले काम सुरु भइसकेको छ। थप २० ठाउँमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ’’ शाहले भने ।

बाढीका कारण क्षतिग्रस्त मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइने जानकारी गराए ।
बैठकमा उनले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा दोस्रो दिनदेखि पुनःस्थापना हुँदै हिजोसम्म ९५ प्रतिशत सेवा पुनःस्थापना भइसकेको बताए छ।

सञ्चार सेवाको पहुँचभन्दा बाहिर भएका स्थानहरुमा हाल ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको उनको दाबी छ ।

बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ। विद्युत् उत्पादन गरिरहेका ८ वटा आयोजना (२८१ मेगावाट) र निर्माणाधीन ४ वटा (३८८ मेगावाट) क्षतिग्रस्त भएका छन् । जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठूलो लगानी लाग्ने देखिएको छ। बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ।

नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः प्रवाह गरिरहेका छौं। धादिङमा ९८ प्रतिशत विद्युत सेवा पुनःस्थापना भइसकेको छ। रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ।
जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेका छन्। बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डको अधिकांश भाग क्षति भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T