Skip to content

कुलमानलाई प्रधानमन्त्रीको प्रश्न: सुरुङभित्र फसेका नागरिकको उद्धार कसरी गर्ने ?

 आयोजनाको बीमा भुक्तानीमा सहज बनाउन, ब्याज अनुदान वा अन्य नीतिगत सहुलियतको प्याकेज घोषणा गर्न सुझाव

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज  प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा भोटेकोशीमा आएको बाढी र त्यसले पारेको क्षतिका विषयमा केन्द्रित रहेको छलफल भएको घिसिङले बताए ।
उनका अनुसार भेटमा प्रधानमन्त्री शाहले जलविद्युत् आयोजना भित्र रहेका  सुरुङभित्र फसेका नागरिकको उद्धार कसरी गर्ने  भनेर प्रश्न गरेका छन् ।
प्रधानमन्त्रको प्रश्नका सवालमा सरकारलाई घिसिङले लिखित र मौखिक जवाफ दिएको बताए ।
भेटमा बाढीले जलविद्युत् आयोजना र त्यसको टनेलमा फसेका नागरिकका विषय,आयोजनालाई लिने राहतका बिषयमा छलफल भएकाले प्रम शाहले उक्त जिज्ञासा राखेको जानकारी गराए ।
घिसिङले सन्चारकर्मीसँगको कुराकानीमा ठूलो बिनाशकारी बाढीले आयोजना स्थलसम्म पुग्ने सडक र पुलहरू बगाएका अहिले जेसीबी, एस्काभेटर र ड्रिलिङ मेसिनहरू लैजान सम्भवना कम भएको उल्लेख  बताए ।  अब जलविद्युत आयोजना बनाउने विषयमा पुनर्बिचार गर्ने बिषयमा पनि छलफल भएको उनको भनाइ छ ।
बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन बन्द रहेको र यसले राष्ट्रिय प्रणालीमा पारेको असरबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए । उनले करिब १६५ मेगावाट विद्युत् आगामी एक-दुई महिनाभित्रै पुनः उत्पादन सुरु गर्न सकिने भए पनि अन्य आयोजनाको क्षति निक‌ै रहेको बताए ।
उनले निजी क्षेत्रका प्रवर्द्धकहरूलाई परेको आर्थिक सङ्कट कम गर्न बीमा भुक्तानीमा सहजीकरण र विशेष राहत प्याकेज ल्याउन  प्रधानमन्त्री शाहसमक्ष अनुरोध गरेको बताए ।
बाढीबाट क्षतिग्रस्त आयोजनाहरूको बीमा रकम भुक्तानी प्रक्रिया निकै झन्झटिलो हुने गरेको र यसलाई छिटोभन्दा छिटो राफसाफ गराउन सरकारले समन्वय गर्न सुझाव दिएको बताए । निर्माणाधीन र सञ्चालनमा रहेका आयोजनाहरूलाई परेको आर्थिक भार कम गर्न ब्याज अनुदान वा अन्य नीतिगत सहुलियतका लागि स्पेसल प्याकेज घोषणा गर्नुपर्ने उनको माग छ ।
उनले विशेष गरी निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूका लागि राहत प्याकेज घोषणा गर्न उनले आग्रह गरेको जानकारी गराए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T