Skip to content

सोनपापडीमा अखाद्य बस्तु, अन्तर्राष्ट्रिय ब्रान्डका खानामा गुणस्तरमा प्रश्न

काठमाडौं । सोनपापडी मुखमा राख्नेबित्तिकै पग्लिएर जाने मिठाइका रूपमा धेरैले खाने गर्छन् । विशेषगरी बालबालिका र परिवारका सदस्यले सहजै खाने भएकाले यसलाई सामान्य र सुरक्षित खानेकुराका रूपमा लिने गरिन्छ । तर, आज मैले काठमाडौंको एउटा स्टोरबाट खरिद गरेर ल्याएको सोनपापडीमा असामान्य प्रकृतिका कडा वस्तु भेटे ।
शुक्रबार दिउँसो काठमाडौंको एक मार्टबाट सोनपापडी खरिद गरेर ल्याएर अफिसमा बसेर खाँदै थिए । उक्त बस्तु खाँदै गर्दा पहिलोपटक कडा वस्तु घाँटीसम्म नै पुग्यो । मुखमा परेको उक्त कडा बस्तु तत्काल हातमा निकालेर हेर्दा प्लास्टिकजन्य वस्तुको टुक्राजस्तो देखिएको छ ।
घाँटीसम्म पुग्न लागेको उक्त वस्तु समयमै निकाल्न सफल भए । त्यसपछि मैले उक्त वस्तुको फोटो खिचेर राखेका छु । घटना यत्तिमै रोकिएन । पहिलोपटक कडा वस्तु भेटिएको कुरा बिर्सेर काममा व्यस्त रहेका बेला मैले सोही बट्टाबाट फेरि सोनपापडी खान मुखमा राखे । यसपटक पनि मुखमा अर्को कडा वस्तु पर्यो । हत्तपत्त उक्त वस्तुलाई मुखबाट निकालेर आफूले खाइरहेको खानेकुराको कभरमा थुके ।
दोस्रोपटक भेटिएको वस्तु भने पहिलोभन्दा फरक प्रकृतिको देखिएको छ । एउटै बट्टाको खानामा पहिलो वस्तु प्लास्टिकजन्य टुक्राजस्तो देखिए पनि दोस्रो पटक देखिएको वस्तु कुनै हड्डीको टुक्राजस्तो छ ।  वस्तुलाई टिस्युले सफा गरेर हेर्दासमेत त्यो कुनै हड्डी टुक्राजस्तो नै देखे ।
मैले खाइरहेको उत्पादन ‘अलैचि सोनपापडी’ हो । उत्पादनमा सुकुमेल तथा अन्य स्वादका सामग्री प्रयोग गरिएको उल्लेख छ । प्याकेटमा उत्पादनमा प्रयोग हुने सामग्री तथा स्वादसँग सम्बन्धित चित्रसमेत राखिएको छ ।
तर, सोनपापडीबाट भेटिएका दुवै वस्तु उत्पादनको प्याकेटमा उल्लेख गरिएका सामग्रीसँग मेल नखाने खालका छन् ।  विशेषगरी सोनपापडी जस्तो मुखमा राख्नेबित्तिकै पग्लिने खानेकुरामा कडा वस्तु भेटिनु नै समस्या हो ।
मैले भेटेका दुवै वस्तु सुरक्षित राखेको छु ।  दुबै बस्तुको फोटो यहाँ उल्लेख छ ।
उक्त सोनपापडी खरिद गरेपछि यसको नेपालका लागि आधिकारिक बिक्रेता तथा आयातकर्ताबारे खोजी गर्दा सोनपापडीको बाहिरको कभरमा यसको आयात तथा बिक्री गर्ने कम्पनीका रूपमा काठमाडौं मार्केटिङ, ५४८ बराहा मार्ग, सुकेधारा भन्ने उल्लेख गरेको भेटिएको छ ।
उक्त सोनपापडीको कभरमा रहेको विवरणअनुसार सो बस्तुको ब्रान्ड भारतमा भएको पाइएको छ  । उत्पादनकर्ताका रूपमा सुन्दर बिस्कुट इन्डस्ट्रिजको नाम उल्लेख भएको छ । कम्पनीले आफ्नो उत्पादन भारतमा मात्र नभई विभिन्न अन्तर्राष्ट्रिय बजारमा आफ्ना खाद्य उत्पादन बिक्री तथा निर्यात गर्दै आएको कम्पनीको कम्पनीको वेबसाइटमा उल्लेख छ ।
तर, अन्तर्राष्ट्रिय बजारमा उत्पादन बिक्री हुने कम्पनीको उत्पादनको गुणस्तर तथा खाद्य सुरक्षाको अनुगमन कसरी भइरहेको छ रु भन्ने प्रश्न घटनाले उठाउँछ ।
यो उपभोक्ताका लागि सबैभन्दा चिन्ताको विषय हो । एउटै सोनपापडीको बट्टामा दुईपटक असामान्य बस्तु भेटिदा नेपालमा बाहिरबाट आयात हुने खाद्य बस्तु गुणस्तर नभएको पुष्टि हुन्छ ।
मैले घरमा बच्चालाई पनि सोनपापडी खान दिने गरेको छु । मुखमा राख्नेबित्तिकै पग्लिने खानेकुरा भएकाले यसमा कुनै समस्या हुँदैन भन्ने विश्वास थियो । तर, आफैँले यस्तो वस्तु भेटिएपछि अब बच्चालाई दिनसमेत डर लाग्ने अवस्था भयो ।
उपभोक्ताले खानेकुरा खाँदा हरेक पटक शंका र डर मान्नुपर्ने अवस्था किन ? बजारमा बिक्री हुने खाद्य वस्तुको गुणस्तर सुनिश्चित गर्ने कसले ? के उपभोक्ताले सुरक्षित, गुणस्तरीय र विश्वासका साथ खानेकुरा खान पाउने अधिकार छैन ?
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T