Skip to content

बाढीपीडितको उद्धार तथा राहतका लागि धितोपत्र बोर्डले दियो ४ करोड ११ रुपैयाँ

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी आसपासका क्षेत्रमा भएको जनधनको क्षतिप्रति राहत तथा उद्धारका लागि नेपाल धितोपत्र बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ११ रुपैयाँ सहयोग गरेको छ ।

बोर्डले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि उक्त रकम सहयोग गरेको हो । बोर्डका अनुसार भदौ १० गते भोटेकोशी नदीमा अकस्मात आएको भीषण बाढीका कारण नदी आसपासका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बोर्डका सञ्चालक तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थितिमा भदौ ३० गते उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T