Skip to content

राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १६ लाख सहयोग

‍‍काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १५ लाख ७४ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन् ।

रावा बैंक पूर्वकर्मचारी संघको पहलमा संकलित उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी संघका पदाधिकारीहरूले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् । संघमा राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त भएका ३ हजारभन्दा बढी पूर्वकर्मचारी आबद्ध छन् ।

चेक हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले विपद्को समयमा पूर्वकर्मचारीहरूले देखाएको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । उनले नागरिक तहबाट प्राप्त सहयोगले विपत्तिसँग जुध्न सरकारलाई थप हौसला मिलेको बताए ।

मन्त्री श्रेष्ठले संघका हजारौं सदस्यको योगदानबाट संकलित रकमले बाढीबाट प्रभावित परिवारलाई राहत पु¥याउन सहयोग पुग्ने उल्लेख गरे । उनले विपद्का बेला आर्थिक सहयोगसँगै सामाजिक एकता र मनोबल बढाउन यस्ता पहलको महत्वपूर्ण भूमिका रहने बताए ।

पूर्वकर्मचारी संघले सामाजिक उत्तरदायित्व निर्वाहसँगै सामाजिक मनोविज्ञान सुधार र वित्तीय सुशासन प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T