काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले १०.५२६३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात् ९ करोड ९ लाख १० हजार १३० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
यसअनुसार सेयरधनीले ९ लाख ९ हजार १०१.३ कित्ता बोनस सेयर प्राप्त गर्नेछन्। त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२६३ प्रतिशत अर्थात् करिब ४७ लाख ८४ हजार ६०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश वितरणका लागि विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित हुनुपर्नेछ।






प्रतिक्रिया दिनुहोस्