Skip to content

सर्वोत्तम पेन्ट्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव मुख्य एजेन्डा

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीले आगामी असोज २५ गते आइतबार कैलालीको गोदावरी, अत्तरियास्थित होटेल जंगल स्पा प्रालिमा साधारण सभा बोलाएको हो। सभा दिउँसो १ बजे सुरु हुनेछ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभामार्फत संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट एक जना गरी चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत रहेको कम्पनीले जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते मंगलबार एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसअनुसार असोज १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima