काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक ३६.२५ अंकले घटेर परिसूचक २६१८.०३ बिन्दु कायम भएको छ ।
३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा २५३ कम्पनीको मूल्य घटेको छ भने २३ कम्पनीको मात्रै मूल्य बढेको छ । कारोबारमा सबै उपसमूहका सूचक ताराम्मे भएका छन् ।
कारोबारमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।









प्रतिक्रिया दिनुहोस्