Skip to content

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 

काठमाडाैं । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२–आधारभूत शिक्षा तथा साक्षरता समिति बीच यहीँ आश्विन ०९, २०८३ तद्नुसार २५ सेप्टेम्बर, २०२६ गते शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने गरी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा आधारभूत शिक्षा तथा साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यका साथ रोटरी क्लबहरू मार्फत सञ्चालन गरिने विभिन्न शैक्षिक तथा पूर्वाधार विकास सम्बन्धी परियोजनाको लागि वित्तीय सहयोग उपलब्ध गराउने छ ।
उक्त सहयोग अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी परियोजना सञ्चालन तथा कम्प्युटर ल्याब स्थापना लगायतका आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित परियोजनाहरूको लागि बैंकले सहकार्य गर्नेछ ।
महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस सहकार्यले विशेषगरी सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाई वातावरण, स्वच्छता तथा डिजिटल पहुँचमा सुधार ल्याउन योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
समाज प्रति आफ्नो दायित्व वहन गर्ने क्रममा बैंकले हालै मात्र भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुर्नस्थपना कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima