Skip to content

सन नेपाल लाइफले सूचना सुरक्षा प्रमाणपत्र नवीकरण गर्यो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहक तथा बीमितका महत्वपूर्ण सूचनालाई सुरक्षित राख्ने सम्बन्धमा प्राप्त अन्तर्राष्ट्रिय प्रमाणपत्र आईएसओ–आईईसी २७००१ः२०२२ नवीकरण गरेको छ।

यो प्रमाणपत्रले कम्पनीले ग्राहकका व्यक्तिगत, आर्थिक, स्वास्थ्य तथा बीमासम्बन्धी विवरणलाई सुरक्षित राख्न आवश्यक व्यवस्था गरेको जनाउँछ। साथै, सूचनाको सुरक्षा प्रणालीमा देखिन सक्ने जोखिम पहिचान गर्ने, त्यसलाई नियन्त्रण गर्ने र सुरक्षा व्यवस्थालाई समयअनुसार सुधार गर्दै लैजाने प्रक्रियालाई पनि यसले समेट्छ।

सूचना सुरक्षाका मुख्य तीन आधार गोपनीयता, शुद्धता र उपलब्धता हुन्। अर्थात् ग्राहकको सूचना अनधिकृत व्यक्तिको पहुँचमा नपुग्ने, सूचनामा गलत वा अनधिकृत परिवर्तन नहुने र आवश्यक परेको समयमा अधिकारप्राप्त व्यक्तिले सूचना तथा प्रणाली प्रयोग गर्न सक्ने व्यवस्था कायम राख्नु हो।

जीवन बीमा क्षेत्रमा ग्राहकका व्यक्तिगत विवरण, बीमालेख, प्रिमियम भुक्तानी र दाबीसम्बन्धी अभिलेख सुरक्षित राख्नु महत्वपूर्ण हुन्छ। पछिल्लो समय बीमा सेवा डिजिटल बन्दै गएसँगै सूचनाको सुरक्षा ग्राहकको विश्वाससँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ।

कम्पनीले सूचना सुरक्षालाई आफ्नो महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको जनाएको छ। आगामी दिनमा पनि सूचना सुरक्षासम्बन्धी जोखिम नियन्त्रण, कर्मचारीमा सचेतना अभिवृद्धि तथा प्रविधि र प्रक्रियामा निरन्तर सुधार गर्दै सुरक्षित र विश्वसनीय बीमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima