Skip to content

यी हुन् ग्लोबल आइएमई बैंकको ठूला १८ सेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकका ठूला सेयरधनीमा १८ व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको रहेको छ । बैंकमा कोषको १ करोड ८० लाख ८४ हजार ०१९ कित्ता अर्थात ४.७४ प्रतिशत स्वामित्व रहेको छ ।

यस्तै आइएमई होल्डिङ्ग्स प्रा. लि. को १ करोड ५ लाख ९० हजार ३३० कित्ता अर्थात २.७८ प्रतिशत, आइएमई इन्भेष्टमेन्ट प्रा. लि. को ९५ लाख ५४ हजार ९६० कित्ता अर्थात २.५१ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै सुमित कुमार अग्रवालको १.८२ प्रतिशत, विष्णु प्रसाद न्यौपानेको १.४१ प्रतिशत, कन्टिनेन्टल इन्भेष्टमेन्टलको १.१८ प्रतिशत, नागरिक लगानी कोषको ०.९२ प्रतिशत, उत्तम कुमार नेपालको ०.९० रण बहादुर शाहको ०.७८ प्रतिशत, निमिषा इन्भेष्टमेन्ट प्रालिको ०.७४ प्रतिशत, हेमराज ढकालको ०.६७ प्रतिशत, काधेनु इन्भेष्टमेन्ट प्रालिको ०.६७ प्रतिशत, होमल्यान्ड डेभलपर्सको ०.६६ प्रतिशत, क्याबिनेट श्रेष्ठको ०.६४ प्रतिशत, गौरी श्रेष्ठको ०.६३ प्रतिशत, सन्दीप अग्रवालको ०.५७ प्रतिशत, रिता मल्लको ०.५६ प्रतिशत, शारदा देवीको ०.५३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima