काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई काठमाडौंको कमलादीस्थित रुस्काज् ब्युटी स्टुडियोमा विभिन्न सौन्दर्यसम्बन्धी सेवा लिँदा विशेष छुट उपलब्ध हुने भएको छ ।
यससम्बन्धी सम्झौता प्रभु बैंक लिमिटेड र रुस्काज् ब्युटी स्टुडियोबीच भएको हो। सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले स्टुडियोबाट उपलब्ध हुने विभिन्न सौन्दर्य सेवामा विशेष छुट पाउनेछन् ।
सम्झौतापत्रमा रुस्काज् ब्युटी स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैद्य श्रेष्ठ र प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकारी (सीईओ) बागमती प्रदेश प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्ताक्षर समारोहमा प्रभु बैंकको कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटी स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकले रुस्काज् ब्युटी स्टुडियोबाट विभिन्न सौन्दर्यसम्बन्धी सेवा लिँदा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यस्तै, बैंकका कर्मचारीले उक्त सेवामा ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।
छुट सुविधा लिन बैंकका ग्राहकले मान्य प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एक माध्यम प्रयोग गर्नुपर्नेछ । बैंकका कर्मचारीले भने प्रभु बैंकको कर्मचारी परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ ।
प्रभु बैंक र रुस्काज् ब्युटी स्टुडियोबीच भएको उक्त सम्झौताले बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी सेवामा थप सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्