काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकाका इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई एक लाख घुससहित नियन्त्रणमा लिइएको छ ।
निजहरूले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरणमा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिइएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको ३३ हजार ७०५ समेत नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्