काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलाको २५ रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुनको मूल्य तोलाको २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी तोलाको ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्