Skip to content

दसैँ अघि २५ म्युचुअल फन्डले गरे लाभांश घोषणा, कुनको कति ? 

nabil
global ime

काठमाडौं । म्युचुअल फन्डहरूले गत आर्थिक वर्ष २०८२–८३ को लेखापरीक्षण सम्पन्न गरी लगानीकर्तालाई लाभांश घोषणा गर्ने क्रम जारी राखेका छन् । हालसम्म विभिन्न २५ वटा म्युचुअल फन्ड योजनाले नगद लाभांश घोषणा गरिसकेका छन् ।

घोषित लाभांशमध्ये सबैभन्दा बढी हिमालयन ८०–२० ले १५ प्रतिशत र सबैभन्दा कम नबिल ब्यालेन्स्ड फन्ड–३ ले २.५ प्रतिशत रहेको छ । लाभांश घोषणा गरेका योजनामध्ये ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१, प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले समान १२ प्रतिशत लाभांश दिने भएका छन् ।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२, कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाले १० प्रतिशत लाभांश घोषणा गरेका छन् ।

रिलायबल समृद्धि योजनाले ८.४२११ प्रतिशत, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र एमबीएल इक्विटी फन्डले समान ८ प्रतिशत तथा आरबीबी म्युचुअल फन्ड–२ ले ६ प्रतिशत लाभांश दिने भएका छन् ।

त्यसैगरी, सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र एनएमबी सरल बचत फन्ड–ईले समान ५.२५ प्रतिशत, सानिमा ग्रोथ फन्डले ५ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ४.७ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फन्ड र एनएमबी हाइब्रिड फन्ड एल–२ ले समान ४.५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

नबिल ब्यालेन्स्ड फन्ड–२ ले ३.५ प्रतिशत, एनएमबी ५० ले ३.१५ प्रतिशत, सिद्धार्थ सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किमले ३ प्रतिशत, कुमारी सबल योजनाले २.९ प्रतिशत, आरबीबी म्युचुअल फन्ड–१ ले २.७५ प्रतिशत र मुक्तिनाथ म्युचुअल फन्ड–१ ले २.२ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

तथ्यांक 

यस वर्ष सबै म्युचुअल फन्डले लाभांश दिन सक्ने अवस्था भने छैन । सेयर बजारको प्रदर्शन, लगानीबाट प्राप्त प्रतिफल तथा योजनाको वित्तीय अवस्थाका आधारमा लाभांश वितरण गर्ने क्षमता निर्धारण हुने भएकाले केही योजनाले लाभांश घोषणा नगर्ने भएका छन् । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इक्विटी फन्ड–२ ले यस वर्ष लाभांश नदिने भएका छन् ।

म्युचुअल फन्डहरूले संकलित रकमको ठूलो हिस्सा धितोपत्र बजारमा लगानी गर्छन् । सेयर बजारमा भएको कारोबार तथा लगानीबाट प्राप्त नाफाका आधारमा इकाइधनीलाई लाभांश वितरण गरिन्छ । बजारले राम्रो प्रदर्शन गर्दा लाभांश दर बढ्न सक्ने भए पनि बजार सुस्ताउँदा प्रतिफल घट्ने वा लाभांश वितरण गर्न नसक्ने अवस्था आउन सक्छ ।

यस वर्ष घोषित लाभांश दरमा पनि योजनाअनुसार भिन्नता देखिएको छ । केही योजनाले दोहोरो अंकमा लाभांश घोषणा गरेका छन् भने अधिकांशले एकल अंकको लाभांश दिने भएका छन् ।

म्युचुअल फन्डका बन्दमुखी र खुलामुखी गरी दुई प्रकारका योजना सञ्चालनमा छन् । बन्दमुखी योजनामा बुक क्लोजको मितिअनुसार लाभांश पाउने इकाइधनी निर्धारण गरिन्छ र घोषित लाभांश सामान्यतः बैंक खातामा जम्मा गरिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima