काठमाडौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि सोमबार बिहान चितवन भ्रमणमा जाने भएकी छिन् ।
भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्ने कार्ययोजना रहेको छ ।
साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका गुनासा र तिनको समाधानका उपायबारे जानकारी आदानप्रदान गरिने जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्