Skip to content

जियोको आईपीओमा १ करोड भन्दा बढीको आवेदन, बन्यो नयाँ रेकर्ड

nabil
global ime

काठमाडौं । रिलायन्स इन्डस्ट्रिजको स्वामित्वमा रहेको जियो प्लेटफर्म्सको सार्वजनिक निष्कासन (आईपीओ) मा माग भन्दा २१ गुणाबढी आवेदन परेको छ ।

आईपीओमा संस्थागत लगानीकर्तातर्फ ६७ गुणा र सर्वसाधारणतर्फ २.७ गुणा बढी माग परेको हो । यो आवेदनले भारतमा नयाँ रेकर्ड राखेको छ । भारतीय सन्चार माध्यमका अनुसार ३० हजार २१३ करोडको यो ‘मेगा’ सेयर निष्कासनमा रेकर्ड राखेको हो ।

३० हजार २१३ करोडको २७ करोड कित्ता सेयरको मूल्य प्रतिसेयर १ हजार ६५ देखि १ हजार ११९ भारुसम्म रहेको थियो । यसका ४.९० लाख करोडभन्दा बढीको आवेदन परेको छ ।

विश्व सेयर बजारको इतिहासमा जियो प्लेटफर्म्समा १ करोड (१० मिलियन) भन्दा बढी व्यक्तिगत लगानीकर्ताको आवेदन परेको छ । थोरै समयमा ‘फूल सब्सक्राइब’ हुने मेगा आईपीओ यही बनेको छ ।

आईपीओबाट संकलन भएको रकम कम्पनीको मुख्य सहायक कम्पनी ‘रिलायन्स जियो इन्फोकम लिमिटेड’ को ऋण चुक्ता गर्न प्रयोग गरिने जनाइएको छ ।

सेयर निष्कासनपछि कम्पनीमा संस्थापक समूहको स्वामित्व ६६.४३ प्रतिशतबाट घटेर ६४.४८ प्रतिशत हुनेछ । सर्वसाधारणको सेयर स्वामित्व ३३.५७ प्रतिशतबाट बढेर ३५.५२ प्रतिशत पुग्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima