Skip to content

९ महिनामा बीमा प्राधिकरणबाट ३१२ वटा उजुरीको फर्छ्यौट

nabil
global ime

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पछिल्ला ९ महिनामा ३१२ वटा उजुरी फर्छ्यौट गरेको छ।

बीमा प्राधिकरणमा २०८२ माघ १३ गते चन्द्रकला पौडेल अध्यक्ष नियुक्त भएयता २०८३ कात्तिक १८ गतेसम्म ३१२ वटा उजुरी फर्छ्यौट भएको हो । पौडेल अध्यक्ष भए लगत्तै उजुरी फर्छ्यौटलाई प्राथमिकतामा राख्दै आएकी थिइन् ।

प्राधिकरणका अनुसार यो अवधिमा २४१ उजुरी फैसला भएको छ भने ७१ वटामा सहमति भएको छ ।

प्राधिकरणका अनुसार यो अवधिमा केन्द्रिय कार्यालयमा १४० वटा, प्रदेश कार्यालयमा ४७ वटा निवेदन दर्ता भएका थिए ।

प्राधिकरणका अनुसार चालु आवको तीन महिनाको अवधिमा ९४ वटा उजुरीको फैसला भएका छन् । जसमा ७५ वटाको फैसला भएको छ भने १९ वटा सहमति भएका छन् ।

चालु आवको तीन महिनामा ३९३ वटा उजुरी परेका छन् । ३१९ वटा गत आवकै हुन् । असोजसम्म केन्द्रीय कार्यालयमा ५४ वटा र प्रदेश कार्यालयमा २० वटासहित ७४ वटा उजुरी दर्ता भएका छन्। प्राधिकरणका अनुसार असोज मसान्तसम्म २९९ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T