Skip to content

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले नबिल ग्रोथ फण्ड निष्काशन गर्दै

nabil
global ime

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल ग्रोथ फण्ड निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले मंसिर ९ गतेदेखि १० करोड इकाई निष्काशन गर्न लागेको जनाएको छ ।

जसमा न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाईमध्ये १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई कोष प्रर्वद्धक नबिल बैंकका लागि तथा १ प्रतिशत वा न्यूनतम १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इकाईमा मंसिर १४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने छ । इकाईमा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ ।

यो बन्दमुखि योजना हो । फण्डको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ । यसको अवधि १० वर्षको रहेको छ ।

फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टट लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T