Skip to content

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि भारतसहित तीन देशका लागि राजदूत नियुक्त गरियो

nabil
global ime
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि सरकारले भारत, चीन र इजरायलका लागि नयाँ राजदूत नियुक्त गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीनै जना राजदूतले सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कुमार कर्ण राजदूत नियुक्त भएका हुन् ।
प्रधानमन्त्री शाह आगामी मंसिर ७ देखि ९ गतेसम्म भारत भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेका बेला भारतसहित तीन देशका लागि नवनियुक्त राजदूतहरूले शपथ ग्रहण गरेका हुन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T