Skip to content

अमेरिकी प्रेट्जेल ब्रान्ड ‘आन्टी एन्स’ नेपालमा, आजदेखि व्यावसायिक कारोबार सुरु

nabil
global ime

काठमाडौं। अमेरिकी लोकप्रिय सफ्ट प्रेट्जेल ब्रान्ड ‘आन्टी एन्स’ पहिलोपटक नेपाली बजारमा प्रवेश गरेको छ। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) अन्तर्गतको जेजीआई डिस्ट्रिब्युसन प्राइभेट लिमिटेड र अमेरिकी फुड सर्भिस कम्पनी गो टु फुड्सको साझेदारीमा नेपाल भित्रिएको ब्रान्डले आजदेखि व्यावसायिक कारोबार सुरु गरेको हो।

काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोरको चौथो तलामा रहेको फुड पार्कबाट आन्टी एन्सले आफ्नो व्यावसायिक सेवा सुरु गरेको छ। यससँगै नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय सफ्ट प्रेट्जेल तथा विभिन्न स्वादका स्न्याक्स र पेय पदार्थको स्वाद लिन पाउने भएका छन्।

सन् १९८८ मा अमेरिकाको पेन्सिलभेनियाबाट सुरु भएको आन्टी एन्स ताजा पकाइएका सफ्ट प्रेट्जेलका लागि विश्वभर परिचित छ। एनी बिलरले सामुदायिक परिवार परामर्श केन्द्रका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले किसान बजारमा एउटा सानो स्टलबाट सुरु गरेको व्यवसाय अहिले अन्तर्राष्ट्रिय खाद्य फ्रेन्चाइज ब्रान्डका रूपमा स्थापित भएको हो।

कम्पनीका अनुसार आन्टी एन्स विश्वकै ठूलो हातले तयार पारिने सफ्ट प्रेट्जेल फ्रेन्चाइज ब्रान्डमध्ये एक हो। विश्वका विभिन्न देशमा यसका २ हजार १०० भन्दा बढी बेकरी आउटलेट सञ्चालनमा छन्। सपिङ मल, विमानस्थल, रेल स्टेसन, विश्वविद्यालय तथा विभिन्न व्यावसायिक केन्द्रमा यसको उपस्थिति विस्तार भइसकेको छ।

ग्राहककै अगाडि हातले मुछेर, आकार दिएर ताजा पकाइने प्रेट्जेल यस ब्रान्डको प्रमुख विशेषता हो। परम्परागत रेसिपी र ताजा बेकिङ प्रक्रियालाई ब्रान्डले आफ्नो व्यावसायिक पहिचान बनाएको छ।

नेपालमा आन्टी एन्सका ओरिजिनल, जालापेनो, सिनामन सुगर, आल्मन्ड र पेपरोनी स्वादका प्रेट्जेल उपलब्ध हुनेछन्। त्यस्तै, प्रेट्जेल डग्स, प्रेट्जेल स्टिक्स, मिनी प्रेट्जेल डग्स तथा विभिन्न प्रकारका डिपिङ सस पनि मेनुमा समावेश गरिएको छ।

प्रेट्जेलसँगै ओरिजिनल, पिच, म्याङ्गो र स्ट्रबेरी स्वादका लेमोनेड तथा तातो र चिसो कफीसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

नेपालमा अन्तर्राष्ट्रिय खाद्य तथा पेय पदार्थका ब्रान्डको उपस्थिति बढिरहेका बेला जावलाखेल ग्रुपको साझेदारीमा आन्टी एन्सको प्रवेशले नेपाली बजारमा नयाँ अन्तर्राष्ट्रिय स्वाद थपेको छ। जावलाखेल ग्रुपले अन्तर्राष्ट्रिय ब्रान्डलाई नेपाली उपभोक्तामाझ विस्तार गर्ने व्यावसायिक रणनीतिअन्तर्गत यो ब्रान्ड भित्र्याएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T