काठमाडौं । सिटिजन्स क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स सुपर ५० आजदेखि निष्काशन गरेको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्काशन गरेको हो ।
जसमा न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि बाँकी रहेको ८ करोड ५० लाख इकाई छुट्याइएको छ ।
इकाईमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेमा मंसिर १६ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १०० र अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् ।
यो एक बन्दमुखि योजना हो । यसको अवधि १० वर्षको रहेको छ। यसको निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।









प्रतिक्रिया दिनुहोस्