Skip to content

लिपिङ खोला जलविद्युत् आयोजना प्रसारण लाइनमा जोडियो, आईपीओ निष्कासनको तयारी

nabil
global ime

काठमाडौं । लिपिङ खोला जलविद्युत् आयोजना राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ।

सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएको १६.२६ मेगावाट क्षमताको उक्त आयोजना प्रसारण लाइनमा जोडिएको हो ।

हिम रिभर पावरले प्रवर्द्धन गरेको उक्त आयोजनाबाट उत्पादित विद्युत् २०८३ साल मंसिर ६ गतेदेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ मा निर्माण भएको आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा जोडिएको कम्पनीले जनाएको छ ।

आयोजना सञ्चालनमा आएसँगै कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको जनाएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिई अन्तिम स्वीकृतिका लागि रहेको जनाएको छ ।

बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले २६ करोड ६० लाख रुपैयाँको २६ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको जनाइएको छ । यो कम्पनीको जारी पुँजीको २० प्रतिशत हो।

कुल निष्कासन हुने सेयरमध्ये १३ लाख ३० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

बाँकी सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ।

आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।

आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि निर्माण गरिएको प्रसारण लाइन परीक्षण तथा चार्ज गर्ने क्रममा उच्च भोल्टेजको विद्युत् प्रवाह हुने भएकाले कम्पनीले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

कम्पनीका अनुसार आयोजनाको पावर हाउसस्थित स्वीचयार्डदेखि भोटेकोशी गाउँपालिका–२ हुँदै वडा नं. ४ को सुनखानी सबस्टेसन र लामोसाँघुसम्मको प्रसारण लाइन चार्ज गरी परीक्षण गरिनेछ।

प्रसारण लाइन चार्ज भएपछि तार तथा अन्य विद्युतीय संरचनामा उच्च भोल्टेजको विद्युत् प्रवाह हुने भएकाले गम्भीर दुर्घटना हुन सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ ।

२०८३ साल मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म प्रसारण लाइन आसपासमा गाईवस्तु तथा चौपाया चराउने, प्रसारण लाइनका टावर तथा संरचनामा चढ्ने, तार वा अन्य विद्युतीय संरचना छुने तथा त्यसको नजिक गएर जोखिमपूर्ण गतिविधि नगर्न र नगराउन कम्पनीले स्थानीय बासिन्दालाई अनुरोध गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T