Skip to content

आगामी सातादेखि मार्जिन कारोबारको विवरण नेप्सेको वेबसाइटमा हेर्न मिल्ने 

nabil
global ime
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आगामी सातादेखि मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको एकीकृत विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने भएको छ।
नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधा सम्बन्धी कार्य प्रक्रिया, २०८२ को परिच्छेद ८ को दफा २१ अनुसार यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको जनाएको हो।
उक्त कार्य प्रक्रियाअनुसार कारोबार सदस्य (ब्रोकर) ले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको विवरण अनुसूची–४ बमोजिम कारोबार भएको अर्को कारोबार दिनको मध्यान्ह १२ बजेसम्म नेप्सेलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ। त्यसैगरी, नेप्सेले प्राप्त विवरणलाई अनुसूची–५ को ढाँचामा अर्को कारोबार दिनभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ।
यसै व्यवस्थाअनुसार कारोबार सदस्यहरूबाट प्राप्त हुने विवरणको एकीकृत प्रतिवेदन वेबसाइटमार्फत सम्प्रेषण गर्ने व्यवस्था मिलाइएको नेप्सेले जनाएको छ । आगामी सातादेखि लगानीकर्ता तथा अन्य सरोकारवालाले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको एकीकृत विवरण नेप्सेको वेबसाइटबाट हेर्न सक्नेछन्।
यस व्यवस्थाले मार्जिन कारोबारसम्बन्धी सूचना प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास नेप्सेले लिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T